कांग्रेस प्रमुख सचेतक लेखकले पार्टी सहमहामन्त्री यादवमाथि आक्रमणको घटनाबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल संसद्लाई जानकारी गराउनुपर्ने माग गरेका छन्।
काठमाडौँ– सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ। बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सो सांघातिक आक्रमणमा संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेका हुन्।
पार्टीका सहमहामन्त्री यादवको ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमण भएको जिकिर गर्दै कांग्रेस प्रमुख सचेतक लेखकले भने, “म सिंगो नेपाली कांग्रेसको तर्फबाट, नेपाली कांग्रेस संसदीय संसदीय दलको तर्फबाट यो आक्रमणको घटनाको घोर भर्त्सना गर्न चाहन्छु, घोर निन्दा गर्न चाहन्छु। र, नेपाल सरकारलाई यसमा पक्राउ परेका दोषीलगायत अरू पनि मानिसहरूको कहीँकतै संलग्नता छ भने सत्य तथ्य छानबिन गरी कानूनबमोजिम कडाभन्दा कडा कारबाही गरियोस् भन्ने म नेपाली कांग्रेस र संसदीय दलको तर्फबाट नेपाल सरकारसँग माग गर्न चाहन्छु।”
कांग्रेस प्रमुख सचेतक लेखकको यादवमाथि आक्रमणको घटनाबारे तत्काल संसद्लाई जानकारी गराउन पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सचेत गराए। सरकारले यादवमाथि आक्रमण भएको घटनाबारे प्रतिनिधिसभाको अर्को बैठकमा नै सांसदलाई जानकारी गराउनुपर्ने उनको माग छ।
“म माननीय उपप्रधानमन्त्री, गृहमन्त्रीज्यूलाई म आग्रह गर्न चाहन्छु–यसपछि बस्ने प्रतिनिधिसभाको बैठकमा यो घटनाबारेमा सम्पूर्ण सत्य तथ्य विवरणको जानकारी र यसमा भए गरेका सम्पूर्ण कामहरूको उहाँले यो गरिमामय सदनमा गर्नुहुनेछ भन्ने पनि म नेपाली कांग्रेस संसदीय दलको तर्फबाट माग गर्न चाहन्छु,” उनले भने
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
