अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर कर्जा सहज बनाउन, सरकारले राष्ट्र बैंकको नियमनबाट परेको प्रभावका विषयमा आवश्यक संवाद गरिरहेका दाबी गरेका छन्।
काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले शेयर बजारमा लगाएको १२ करोडको नीतिले परेको प्रभावको विषयमा आवश्यक संवाद भइरहेको बताएका छन्। बिहीबार बसेको प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले पछिल्लो समय लगातार रूपमा शेयर बजारमा आएको गिरावटका विषयमा सरकार जानकार रहेको बताए।
अर्थमन्त्री महतले राष्ट्र बैंकले शेयर कर्जामा लगाएको १२ करोडको सीमाले प्रभावित बनाएको दाबी गरे। “केही कारोबारमा राखिएका प्रतिबन्धले पनि बजार प्रभावित भएको छ। तथापि, यसलाई सहज बनाउन सरकारको तर्फबाट र सँगै राष्ट्र बैंकको नियमनबाट परेको प्रभावका विषयमा हामीले आवश्यक संवाद गरिरहेका छौँ। हामी चाहन्छौँ यो शेयर कारोबारले सहज रूप लियोस्। लगानीकर्ताहरूको लगानी डुब्न नपाओस्,” उनले भने।
शेयर बजारमा परेको नकारात्मक प्रभावका विषयमा सरकार गम्भीर रहेको भन्दै यसलाई पारदर्शी, नीतिगत, प्रक्रिया र प्रणालीगत सुधार ल्याइने उनको भनाइ छ। उनले शेयर बजारमा सबै खाले मानिसहरूले हैसियतअनुसार पुँजीका आधारमा लगानी गर्न सक्ने कानूनले छुट दिएको बताए। उनले शेयर बजारमा शिक्षक, डाक्टर, इन्जिनियर अन्य पेसा व्यवसाय लगायत सबैले शेयर बजारमा लगानी गर्न सक्ने उल्लेख गरे।
पूर्णकालीन व्यवसायीको रूपमा लगानी गर्ने र कसैले बचेको पुँजी शेयर बजारबाट आम्दानी हुन्छ भन्ने आशयले गरेको लगानीलाई सरकारले अनुचित मान्न नसक्ने उनको भनाइ छ। उनले अन्य पेसा व्यवसायीका मानिसहरूले शेयर कारोबार गरेर मूल्य घट्यो र आत्महत्या गर्ने तहमा पुग्यो भन्ने निष्कर्षमा पुग्न नहुने बताए। उनले शेयर कारोबारमा कोही पनि अनुचित रूपमा प्रवेश नगरुन्, इन्साइडर ट्रेडिङ गर्न नपाउन र सूचना चुहाएर शेयर बजार प्रभावित बनाउन नपाउन भन्ने बारेमा सरकारले निगरानी गरिरहेको बताए।
अर्थमन्त्री महतले देशमा अर्थतन्त्र लगायतका विषयमा सकारात्मक बहसको आवश्यकता रहेको भन्दै उक्त बहस संसद्बाटै शुरू गर्नुपर्ने औँल्याए। उनले देशमा सबै नराम्रो मात्रै भएको छ, अर्थतन्त्र ओरालो लागेर बिग्रियो, अब यो देशमा बस्नु र लगानी गर्नुको औचित्य छैन भन्ने जस्ता नकारात्मक सन्देश समाजमा फैल्याउन नहुने उल्लेख गरे। उनले सबैले नकारात्मक मात्रै कुरा गरी राख्यो भने परिणाम पनि नकारात्मक आउने दाबी गरे। मुलुकभित्रै लगानी गर्न लगानीकर्ताको मनोबल बढाउनुपर्ने अवस्थामा अन्योल पार्न नहुने उनको भनाइ छ।
अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्रले कोभिड महामारीलगायत धेरै अप्ठ्यारो परिस्थिति भोगेर आएको भन्दै अहिले मुलुकको अर्थतन्त्र सहज अवस्थामा रहेकाले आत्तिन नहुने बताएर। उनले अहिले रेमिट्यान्स, पुँजी प्रवाह, पर्यटन वृद्धि भइरहेको दाबी गरे। अर्थमन्त्री महतले लगानीलाई सहज गर्न मौद्रिक नीति तथा वित्त नीतिमार्फत सरकारले सम्पूर्ण प्रयास लगाउने प्रतिबद्धता जनाए। उनले राजस्व संकलनमा सुधार भएको भन्दै आर्थिक गतिविधिहरू बढ्नेबित्तिकै अर्थतन्त्रमा सुधार हुने विश्वास रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
