अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा पुनः पीडित गौशाला २६ को जन्मदर्तासम्बन्धी कागजात झिकाउन आदेश दिएको छ।
काठमाडौँ– काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडित गौशाला २६ को जन्मदर्तासम्बन्धी कागजात झिकाउन आदेश दिएको छ।
न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँसराइको कागजात झिकाउन आदेश दिएको हो।
सन्दीपका तर्फबाट बहस गरेका वकिल सरोजकृष्ण घिमिरेले पहिला बसोबास गरेको स्थानको सम्बन्धित निकायमा जन्मदर्ताको कागज हुन सक्ने भएकाले त्यो मगाउनुपर्ने माग गरेका थिए। त्यसपछि इजलासले उक्त कागजात मगाउन आदेश दिएको हो।
पीडित किशोरीको जन्मसम्बन्धी कागजात यसअघि नै झिकाउन आदेश दिइसकेको थियो। तर, बिहीबारको सुनुवाइपछि इजलासले पीडित किशोरीको पहिला बसोबास गरेको स्थानीय निकायबाट जन्मसम्बन्धीको कागजात झिकाउन आदेश दिएको हो।
साउन ३२ गते नै यो मुद्दाको अन्तिम सुनुवाइ गर्ने भनिएको थियो। तर, सो दिन न्यायाधीश राजकुमार खतिवडाको इजलासले गौशाला २६ की आमाको उमेर यकिन गर्न आदेश गरेको थियो। त्यसपछि भदौ १० गतेका लागि यो मुद्दाको अन्तिम सुनुवाइको समय तोकिए पनि सो दिन मुद्दा हेर्न नभ्याइने सूचीमा परेको थियो। त्यसपछि बिहीबार पेसी तोकिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
