नेकपा माओवादीका अध्यक्ष दाहालले रूखले हँसिया हथौडा र हँसिया हथौडाले रूखमा मतदान गर्न हिच्किचाउन नपर्ने बताएका छन्।
गोरखा– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा-२ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हँसिया हथौडा र रूखबीच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ सविधान सम्भव भएको बताएका छन्।
चुनाव प्रचार–प्रसारका लागि गोरखामा रहेका उनले पालुङटार नगरपालिकामा शनिबार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अब रूखले हँसिया हथौडा र हँसिया हथौडाले रूखमा मतदान गर्न हिच्किचाउन नपर्ने बताएका हुन्।
अध्यक्ष दाहालले कांग्रेस र माओवादी मिलेर गणतन्त्र र सविधान सम्भव भएजस्तै अब विकास र समृद्धि पनि दुबै दल मिलेर नै गर्न सहज हुने बताए।
“राजनीतिक परिवर्तन भयो, तर जनताले अनुभूति गर्ने गरी आर्थिक समृद्धि हुन सकेन”, उनले भने, “अब राजनीतिक परिवर्तनको रक्षा र आर्थिक क्रान्तिको थालनी गर्नुपर्छ भन्ने हामी गठबन्धनका नेताले गहन रूपले अनुभूति गरिसकेका छौँ।”
अध्यक्ष दाहालले लामो समयदेखि बन्द रहेको पालुङटार एयरपोर्ट भिन्न रूपमा सञ्चालन गर्ने आफ्नो योजना रहेकोसमेत बताए।
“चुनाव अगाडि पुनः सञ्चालन गर्ने भन्ने नै थियो”, उनले भने, “निर्वाचनअघि आचारसंहिता लाग्ने भएकाले अब निर्वाचन सकिने बित्तिकै नयाँ ढङ्गबाट पहल शुरु हुन्छ।”
उनले एयरपोर्ट सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणसँग आफूले छलफल गरिसकेको जानकारी पनि दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
