सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले विवरण पेश गर्नका लागि विभागले दिएको पटक–पटकको सूचनालाई बेवास्ता गरेपछि अनुगमन गरी कारबाही गर्ने तयारी गरिएको बताए।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित सहकारीमध्ये ५० प्रतिशतले मात्रै वार्षिक विवरण पेश गर्ने गरेका छन्। हाल कामपामा एक हजार ९५३ सहकारी सञ्चालनमा छन्। जसमध्ये ९५५ ले मात्रै नियमित रूपमा वार्षिक विवरण पेश गरेका कामपाले जनाएको छ।
कामपा सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले सञ्चालनमा रहेका ५० प्रतिशतले मात्रै विवरण पेस गर्ने गरेकाले विवरण पेस नगर्नेका लागि अनुगमन गरी कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको जानकारी दिए। “अब नियमित अनुगमन गर्ने र अनुगमनका क्रममा विवरण नबुझाउनेलाई नियमित काम कारबाहीमा रोक लगाउने तथा अनुमति खारेज गर्ने तयारी गरेका छौँ”, उनले भने।
प्रमुख त्रिपाठीका अनुसार विवरण पेश गर्नका लागि विभागले दिएको पटकपटकको सूचनालाई बेवास्ता गरेपछि अनुगमन गरी कारबाही गर्ने तयारी गरिएको हो। “नियमानुसार प्रत्येक सहकारीले एक वर्षभरि के गरे र के गर्दै छन् भन्ने विषयमा जानकारी गराउनुपर्ने हुन्छ”, उनले भने, “कामपाको भित्री वडामा सहकारीको संख्या बढी रहेकाले उक्त स्थानमा समस्या बढी देखिएका छन्।”
हाल कामपामा सहकारी संस्थाको वार्षिक एक खर्ब रुपैयाँको कारोबार रहेको अनुमान गरिएको प्रमुख त्रिपाठीले बताए। उनका अनुसार सहकारीले ठगी गरेको उजुरी पनि प्रशस्तै आउने गरेका छन्।
पाँच वर्षको अवधिमा कामपाका २२४ सहकारीमा छ हजार उजुरी परेको प्रमुख त्रिपाठीले बताए। “यसरी उजुरी गर्नेमा बचतकर्ता र सर्वसाधारण रहेका छन्,” उनले भने, “उजुरीहरूमा सहकारीले भाडा नतिरेको, बचत रकम फिर्ता नगरेको, केहीले कर्मचारीलाई तलब नदिएको लगायत छन्।”
संवैधानिक व्यवस्थाअनुसार विसं २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन र अनुगमन गर्नुपर्ने व्यवस्था छ। सहकारी स्थानीय तहलाई हस्तान्तरण हुनुअघि विसं २०७४ मा नै कामपाले सहकारी ऐन जारी गरिसकेको थियो। कामपामा सोही ऐनअनुरूप सहकारी सञ्चालन भइरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
