निजामती सेवा दिवस: ४० कर्मचारीलाई पुरस्कृत गरिँदै

२०१३ भदौ २२ मा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउने चलन छ। 

काठमाडौँ– निजामती सेवा दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ भदौ २२ देखि औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो।

२०१३ भदौ २२ मा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउने चलन छ। हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन्। 

दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यक्रम आयोजना गर्दैछ। दिवसका अवसरमा निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कारसमेत प्रदान गरिँदै छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १० निजामती कर्मचारी उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना निजामती सेवा पुरस्कारबाट पुरस्कृत हुँदैछन्।

पुरस्कृत हुने कर्मचारीको सूची: