साउन २ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो। उक्त सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ।
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय परिसरबाट बरामत भएको ६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्।
बाराका शिवकुमार सफरलाई बिहीबार राति पक्राउ गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिए। कडायतका अनुसार सफर सुनचाँदी व्यावसायी संघ बराका अध्यक्ष तथा सुनचाँदी व्यावसायी महासंघको समेत पदाधिकारी हुन्।
६० किलो सुन तस्करीमा सफरको पनि संलग्नता रहेको पाइएपछि पक्राउ गरिएको कडायतले बताए। हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) नियन्त्रणमा रहेका सफरलाई शुक्रबार नै म्याद थपका लागि अदालत उपस्थित गराइने छ।
यससँगै उक्त सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ। साउन २ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
