प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर एक लाख १२ हजार रुपैयाँ कायम भएको थियो।

काठमाडौँ– नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर एक लाख १२ हजार ३०० कायम भएको छ। 

यस्तै, तेजाबी सुन एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन भने एक लाख ११ हजार ४५० रुपैयाँ थियो।

त्यसैगरी, चाँदी मूल्य प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार ४०५ रुपैयाँ कायम भएको छ।