धर्ना बसेको ८५ दिन पुग्दा पनि घटनाकाे छानबिन गर्न सरकारले बेवास्ता गरेको भन्दै उनीहरूले विराेधस्वरूप कपाल मुण्डन गरेका हुन्।
काठमाडौँ– आरती साहको परिवारसहित ११ जनाले सरकारको विरोध गर्दै कपाल मुण्डन गरेका छन्। उनीहरूले काठमाडौँस्थित माइतीघरमा धर्ना बसेकै ठाउँमा सामूहिक मुण्डन गराएका हुन्।
धर्ना बसेको ८५ दिन पुग्दा पनि सरकारले बेवास्ता गरेको भन्दै शुक्रबार कपाल मुण्डन गरेर आफूहरूले विरोध जनाएको आरतीका मामा सन्तोष साहले बताए। आरतीलाई न्याय दिन यो सरकार मरिसकेको र हिन्दू परम्पराअनुसार मरिसकेको मान्छेको नौकेश श्राद्ध गर्ने परम्पराअनुसार कपाल मुण्डन गरिएको उनको भनाइ छ।

"आँखामा चस्मा र कानमा तेल हालेर सुतेको सरकारलाई मृत घोषणा गर्दै आज नौकेश गरायौँ," सन्तोषले भने।
याे पनि : माग पूरा गर्नुको सट्टा माइतीघर छोड्न गृहमन्त्रीको दबाब
धनुषा नगराइन–८ खिरखिरया निवासी २२ वर्षीया आरतीको दाइजोका कारण परिवारबाटै हत्या भएको माइती पक्षको दाबी छ। घटनाको सत्यतथ्य एवं निष्पक्ष छानबिन हुनुपर्ने माग राख्दै उनीहरू असार १ गतेदेखि धर्नामा छन्।





Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
