संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा संघीय इकाइबीच प्रशासनिक अन्तरसम्बन्ध कायम हुन कठिन भएको पनि उनले बताए।
काठमाडौँ– नेपाल सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालले निजामती कर्मचारीभित्रका सोच, शैली र तौरतरिकामा सुधार गर्नुपर्ने बताएका छन्।
शुक्रबार सिंहदरबारमा २०औँ निजामती सेवा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले एकात्मक ढाँचाको प्रशासन यन्त्रलाई संघीय शासन व्यवस्थाअनुकूल हुनेगरी रुपान्तरण गर्न निजामती कर्मचारीभित्रका सोच, शैली र तौरतरिकामा सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।
नागरिकले अपेक्षा गरेअनुरूप आफूलाई गतिशील र प्रभावकारी बनाइ कानूनको कार्यान्वयन, नागरिकमैत्री सेवाप्रवाह, सदाचार र निष्ठासहित २१औँ शताब्दीको सार्वजनिक प्रशासनका आदर्श, मूल्यमान्यतामा आफूलाई खरो उतार्नुपर्ने चुनौती निजामती कर्मचारीसामु रहेको उनको भनाइ छ।
"सदाचार र निष्ठासहित २१ औं शताब्दीको सार्वजनिक प्रशासनका आदर्श, मूल्यमान्यतामा आफूलाई खरो उतार्नुपर्ने चुनौती हामीसामु छ। मुलुकले अंगीकार गरेको विकास, समृद्धि र सुशासन र दीर्घकालीन लक्ष्यलाई व्यवहारमा उतार्न समग्र निजामती प्रशासन अझ बढी सिर्जनशील र व्यावसायिक हुनुपर्ने खाँचो छ," उनले भने।
यस्तै उनले संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा संघीय इकाइबीच प्रशासनिक अन्तरसम्बन्ध कायम हुन कठिन भएको पनि बताए। प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूको सेवा सुविधा तथा व्यक्ति विकासको सम्बन्धमा द्विविधा रहेको, मार्गदर्शक कानूनको अभावमा प्रादेशिक तथा स्थानीय कानून तर्जुमाको लागि आधार सिर्जना हुन नसक्दा प्रदेश र स्थानीय तहमा कर्मचारी अभावको स्थिति रहेको उनकाे भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
