लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्कादेखि  मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। 

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

साथै,नेपालमा भारतको मध्यप्रदेश र आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेकाले देशभर सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यस्तै, कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्कादेखि  मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। 

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थान भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेश तथा बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागमा हावाहुरीसमेत चल्नेछ। 

राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।