बाघको आक्रमणबाट जंगलमा घाँस काट्न गएकी महिलाको मृत्यु

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्षण क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैविक मार्गमा बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ। 

बर्दिया– बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। 

मधुवन नगरपालिका–३ धनौरास्थित जंगलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया काली वंशीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका डीएसपी हिक्मतबहादुर बोहराका अनुसार उनलाई शुक्रबार दिउँसो बाघले आक्रमण गरेको थियो।  

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्षण क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैविक मार्गमा बाघले आक्रमण गरेको बोहराले बताए।