विश्वकप छनोट: ब्राजिल र उरुग्वेको विजयी शुरूआत

ब्राजिलको जितमा नेयमार र रोड्रिगोले समान २/२ तथा राफिन्हाले १ गोल गरे।

काठमाडौँ– फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वेले विजयी शरूआत गरेका छन्। 

शनिबार भएको खेलमा ब्राजिलले बोलिभियालाई ५–१ गोल अन्तरले पराजित गरेको छ। ब्राजिलको जितमा नेयमार र रोड्रिगोले समान २/२ तथा राफिन्हाले १ गोल गरे।

बोलिभियाका लागि भिक्टोर एब्रेगोले १ गोल फर्काए। 

यस्तै शनिबार बिहान नै भएको अर्को खेलमा उरुग्वेले चिलीलाई ३–१ गोल अन्तरले पराजित गरेको छ। 

उरुग्वेका डे ला क्रुजले २ तथा भाल्भार्डेले १ गोल गरे। चिलीका लागि भिडालले सान्त्वना गोल फर्काएका थिए। 

दक्षिण अमेरिकी छनोटमा १० राष्ट्रको सहभागिता छ।