पाइपलाइनबाट आयात भएको डिजेल अहिले लुम्बिनीको भैरहवा, बागमतीको थानकोट, गण्डकीको पोखरा, कोशीको विराटनगर र मधेश प्रदेशको जनकपुरमा आपूर्ति भइरहेको छ।
अमलेखगन्ज– मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढेको छ। आगामी चैतदेखि पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने उद्देश्यका साथ काम भइरहेको नेपाल आयल निगमले जनाएको छ।
दोस्रो चरणको कामअन्तर्गत अहिले पेट्रोल भण्डारण ट्यांकी, ट्रान्समिक्स ट्यांकी, पम्प हाउस, पेट्रोलको लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे (रिफिलर)लगायत भौतिक संरचनाको निर्माण भइरहेको छ। अहिले ‘म्यानुअल’ रूपमा पेट्रोलियम पदार्थको लोडिङ हुँदै आएको छ। दोस्रो चरणको परियोजनाको निर्माण भारतीय कम्पनी लिखिता इन्टरनेशनलले गरिरहेको छ।
परियोजनाको पहिलो चरणको कार्यअन्तर्गत भारतको मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत डिजेल आयात भइरहेको छ। दोस्रो चरणमा पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्ने लक्ष्य रहेको निगमको अमलेखगन्ज डिपोका प्रमुख विनितमणि उपाध्यायले बताए। “यो लक्ष्यअन्तर्गत पेट्रोल र मट्टितेल भण्डारण ट्यांकी अपुग हुने भएकाले अहिले आईओसीले त्यसको पूर्वाधार निर्माण गरिरहेको छ,” उनले भने।
डिपोमा पेट्रोल भण्डारणका लागि चार हजार १०० किलोलिटर क्षमताका दुई वटा भण्डारण ट्यांकी तथा डिपो सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताका दुई वटा पानी टयांकी तथा २५० किलोलिटर क्षमताका दुई वटा ‘ट्रान्समिक्स ट्यांकी’ निर्माण भइरहेको छ। एउटै पाइपलाइनबाट क्रमशः डिजेल, मट्टितेल र पेट्रोल एकपछि अर्को ल्याउँदा मिसिएको पेट्रोलियम पदार्थको छुट्टै भण्डारण गर्न ट्रान्समिक्स ट्यांकी निर्माण गरिएको निगमका इन्जिनियर प्रशान्त भट्टराईले जानकारी दिए।
दोस्रो चरणको परियोजनाका लागि निगम र आईओसीले संयुक्त लगानी गर्नेगरी सम्झौता भएको थियो। जसअन्तर्गत दुई वटा पेट्रोल ट्यांकीमध्ये निगम र आईओसीले एक/एक वटा ट्यांकीको लागत बेहोर्ने छन्। मिश्रित इन्धन राख्नका लागि दुई वटा ट्रान्समिक्स ट्यांकी र डिपोभित्रको सुरक्षाका लागि ‘फायरवाटर’ ट्यांकी भारतीय पक्षबाट निर्माण हुनेछ। आईओसीले करिब ७५ करोड भारतीय रुपैयाँ खर्च गर्नेछ।
निगमले भने एउटा पेट्रोल ट्यांकी, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टमलगायत पूर्वाधार निर्माण गर्नेछ। निगमको एक अर्ब ५४ करोड भारतीय रुपैयाँ बराबरको खर्च हुने अनुमान छ। सिभिल संरचनाअन्तर्गत विभिन्न उपकरण जडानका लागि भवन तथा पेट्रोलियम पदार्थको शुद्धता परीक्षणका लागि अत्याधुनिक प्रयोगशाला पनि निर्माण भइरहेको छ।
निर्माण शुरू भएको ५५ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। दोस्रो चरणको परियोजनाको कुल खर्च करिब दुई अर्ब १५ करोड भारतीय रुपैयाँ रहेको छ। परियोजना निर्माण भएपछि समग्र रूपमा मुलुकलाई नै फाइदा पुग्ने निगमले जनाएको छ। अहिले बरौनीदेखि काठमाडौँसम्म पेट्रोल ढुवानी गर्दा प्रतिलिटर करिब छ रुपैयाँ ढुवानी खर्च थपिएको छ। अमलेखगन्जसम्म पाइपलाइनमा पेट्रोल ल्याएर अन्य भूभागमा पठाउँदा ढुवानी खर्च आधा घट्ने अनुमान गरिएको छ। बरौनी वीरन्जजबाट करिब ३०० किलोमिटर टाढा छ।
“अहिले बरौनीबाट नै पेट्रोल र मट्टितेल आयात भइरहेको छ। पाइपलाइनबाट पेट्रोल र मट्टितेल आउन थालेपछि बरौनीबाट काठमाडौँसम्मको ढुवानी भाडा आधा बचत हुने अवस्था छ,” उनले भने। नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना २०७६ सालमा सम्पन्न भएको हो। त्यसयता पाइपलाइनबाट डिजेल आयात भइरहेको छ। परियोजनाको उद्घाटन २०७६ भदौ २४ गते भएको थियो।
पाइपलाइन नहुँदा डिजेल लिनका लागि भारतको बरौनीसम्म ट्यांकर पठाउनुपथ्र्यो। ट्यांकरबाट ढुवानी गर्दा सीमा क्षेत्रमा हुने अवरोध, सडक जाम, बन्द, हड्ताल लगायतले समस्या पार्दै आएको थियो। “अब ती समस्या सधैँका लागि समाधान भएका छन्, पाइपलाइन निर्माण सम्पन्न भएपछि निगमको डिपोमा पेट्रोलिमय पदार्थ आयात भइरहेको छ,” प्रमुख उपाध्यायले भने।
पाइपलाइनबाट आयात भएको डिजेल अहिले लुम्बिनीको भैरहवा, बागमतीको थानकोट, गण्डकीको पोखरा, कोशीको विराटनगर र मधेश प्रदेशको जनकपुरमा आपूर्ति भइरहेको छ। मुलुकभरको मागको करिब ७० प्रतिशत डिजेल अमलेखगन्ज डिपोले आपूर्ति गरिरहेको छ। पाइपलाइनबाट पछिल्लो चार वर्षमा ३८ लाख ११ हजार ४५१ किलोलिटर डिजेल आयात भएको निगमले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
