भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार जी–२० शिखर सम्मेलनमा स्वागत मन्तव्य व्यक्त गर्दै अफ्रिकी संघका अध्यक्ष अजाली असुमानीलाई नयाँ सदस्यका रूपमा स्वागत गरे।
युरोपेली संघसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तरसरकारी संगठन जी–२० मा नयाँ सदस्य थपिएको छ। समूहको स्थायी सदस्यका रूपमा अफ्रिकी संघ थपिएको हो।
जी–२० का अध्यक्ष एवं भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार समूहको शिखर सम्मेलनमा स्वागत मन्तव्य व्यक्त गर्दै अफ्रिकी संघका अध्यक्ष अजाली असुमानीलाई नयाँ सदस्यका रूपमा स्वागत गरे।
“सबैको स्वीकृतिमा अफ्रिकी संघका प्रमुखलाई जी–२० को स्थायी सदस्यका रूपमा आफ्नो स्थानमा बस्न अनुरोध गर्छु,” प्रधानमन्त्री मोदीले भने। त्यसपछि भारतीय विदेशमन्त्री एस जयशंकरले अध्यक्ष असुमानीलाई विश्व नेताहरूका स्थानमा लिएर गएका थिए। यससँगै जी–२० मा अफ्रिकी संघलाई समावेश गर्ने भारतको उद्देश्य पूरा भएको छ।
प्रधानमन्त्री मोदीले गत जुनमा जी–२० का समकक्षीहरूलाई यसबारे अनुरोध सहितको पत्र लेखेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
