सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको सीआईबीको टोलीले विमानस्थल भन्सारका अधिकृतसहित तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा थप तीन जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० किलो सुन प्रकरणमा विमानस्थल भन्सार कार्यालयका अधिकृत पुष्पा जोशी, नायब सुब्बाद्वय वीरेन्द्र नेपाली र कमल परियारलाई पक्राउ गरेको हो। सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको सीआईबीका प्रहरी प्रवक्ता, डीआईजी कुबेर कडायतले जानकारी दिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर बाहिरिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले साउन ३ गते सिनामंगलबाट बरामद गरेको थियो। ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको उक्त सुनको तौल यकिन गर्दा ६० किलो ७१६ ग्राम भएको थियो। सो प्रकरणको अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ। यो प्रकरणमा अहिलेसम्म विदेशी नागरिकसहित ३१ जना पक्राउ परेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
