एमाले अध्यक्ष केपी ओलीले पछिल्लो समय आफ्नो देश बनेन भनेर अरूको देश बनाउन जाने प्रवृत्ति बढेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो देश छोडेर अरूको देश बनाउन जाने प्रवृत्ति बढेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
काठमाडौँमा झापा काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित तीज विशेष कार्यक्रममा उनले पछिल्लो समय आफ्नो देश बनेको छैन भनेर बनेका देशको पछि लाग्ने प्रवृत्ति बढेको भन्दै त्यो घातक हुने बताए।
जतिसुकै गरे पनि परदेश आफ्नो देशजस्तो नहुने उनको भनाइ थियो। “अरूका देश बनेका छन् भनेर, बनेका देशमा हामी कुदेर। हाम्रो देश बनेको छैन भनेर बनेका देशतिर कुदेर हुँदैन,” उनले भने।
त्यस्तै, उनले विदेशको बाटो बनाएर, ती देशलाई सिंगारे पनि त्यसको फाइदा आफूले लिन नपाउने स्मरण गर्न आग्रह गरे। “आफ्ना बाटा राम्रा बनाउनु पर्छ, आफ्ना गाडी राम्रा बनाउनु पर्छ। उत्पादन गर्नुपर्छ। हाम्रो आफ्नो उत्पादन बढाउनु पर्छ,” उनले भने।
अब हामी समृद्धिको समय आएको भन्दै उनले अब सुख र खुशीका गीतहरू गाउने बेला आएको उनको भनाइ छ।
नेपालीहरू मिलेर बसेको मन नपराउनेहरूका कारण सद्भाव कायम गर्न समस्या
त्यस्तै, ओलीले सबै जातजाति एकै ठाउँ बसेको, रमाएको देखेर मन पोल्नेहरूका कारण साम्प्रदायिक सद्भाव कायम राख्न समस्या हुने गरेको बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित शुभकामना आदानप्रदान तथा हरितालिका तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले चाडको अर्थ सामाजिक सद्भाव कायम गर्नु भएकाले सबै जातजाति एकै ठाउँ बसेको, रमाएको देखेर मन पोल्नेहरूले चाडपर्वको महत्त्व नबुझ्ने टिप्पणी गरे।
“यस्ता चाडपर्व मन नपराउने, एकता, सबै जातजाति एकै ठाउँ बसेको मन नपराउनेहरू, झगडा गरेर मारामार गर्नुपर्ने कहाँ एकै ठाउँमा बसेर रमाएको भनेर मन भतभत पोल्नेहरू छन्। चाडको अर्थ र त्यस्ता सोचहरू ठ्याम्मै मिल्दैनन्। किनकि चाडको अर्थ सामाजिक सद्भाव कायम गर्नु हो,” उनले भने।
उनले ४८ सालमा तीजको बेला कार्यक्रम गर्दा अर्घाखाँचीमा नेपाली कांग्रेसका कार्यकर्ताहरूले आतंक मच्चाएको घटना स्मरण गर्दै उनले अझै पनि मानिसहरूको सोच परिवर्तन हुन नसकेको बताए। उनले हरेक चाडपछाडि विशेष अर्थ र महत्त्व रहेको भन्दै चाडपर्वले सामाजिक व्यवस्थालाई अझ राम्रो बनाउने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
