जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकी/बाबा पेट्रोल पम्पसम्म कर्फ्यु आदेश जारी गरिएको छ।
सर्लाही– सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्म कर्फ्यु जारी गरिएको जानकारी दिए।
शुक्रबार साँझ मलंगवा नगरपालिका चोकमा कृष्ण जन्माष्टमीको अवसरमा निर्माण गरिएको कृष्ण भगवानीको मूर्ति विसर्जन गरी फर्किने क्रममा विवाद भएको थियो। दुई पक्षबीच ढुंगा हानाहान झडपमा परिणत भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउन्ड हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। ढुंगा लागेर लागेर मूर्ति विसर्जनमा सहभागी भएका केही व्यक्ति र प्रहरीसमेत घाइते भएका छन्।
शनिबार दिउँसो फेरि दुवै समूहबीच ढुंगा हानाहान हुन थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल आश्रुग्यास प्रहार गरेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए।
स्थानीय प्रशासनले थप सुरक्षा बढाउँदै शनिबार जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवामा सर्वदलीय, सर्वपक्षीय भेला बोलाएर धार्मिक सद्भाव कायम राख्न अपिल गरेको थियो। तर शनिबार बिहानैदेखि सदरमुकाम मलंगवामा टायर बालेर प्रदर्शन र ढुंगामुढा हुन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञाको जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकी/बाबा पेट्रोल पम्पसम्म कर्फ्यु आदेश जारी गरिएको छ।
घटनास्थलमा अहिले उल्लेख्य संख्यामा सुरक्षाकर्मीको तैनाथ गरिएको छ। प्रदर्शन र ढुंगामुढाका कारण शनिबार बिहानैदेखि मलंगवा बजार क्षेत्रको पसल बन्द छन्। बिहानैदेखि यहाँबाट चल्ने साना तथा लामो दूरीका यातायातका साधन चल्न सकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
