महिला उद्यमीहरूले कोभिड र आर्थिक मन्दीका कारण साना तथा मझौला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूले बजार पाउन नसकिरहेको भन्दै सरकारले विदेश निर्यात गर्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताएका छन्।
काठमाडौँ– महिलाद्वारा उत्पादित सामग्री प्रवर्द्धन गरी विदेश निर्यात गर्ने व्यवस्था गर्न महिला उद्यमीहरूले सरकारसँग माग गरेका छन्। कोभिड महामारीपछि महिला उद्यमी मेलामा नेपालमा नै उत्पादित सामग्रीहरू प्रदर्शनमा बसेका महिला उद्यमीहरूले सरकारसँग यस्तो माग गरेका हुन्।
महिला उद्यमीहरूले कोभिड महामारी र विश्वव्यापी आर्थिक मन्दीका कारण साना तथा मझौला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूले बजार पाउन नसकिरहेको भन्दै सरकारले विदेश निर्यात गर्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताए। उनीहरूले सरकारले नेपाली कच्चा पदार्थबाट निर्मित नेपाली ब्रान्डलाई प्रोत्साहन गर्न नसकेको गुनासो गरे। महिला उद्यमीहरूले उद्यमीहरूलाई राज्यले सहुलियतमा ऋण र सीपमूलक तालिम दिन आवश्यक रहेको बताए। महिला उद्यमीहरूले नेपालमै उत्पादित कच्चा पदार्थहरूबाट बनेका विभिन्न सामग्रीहरूलाई सरकारले सहज रूपमा स्वदेश तथा विदेशमा बजारीकरणको व्यवस्था गर्न आवश्यक रहेको औँल्याएका छन् ।
उनीहरूले नेपाली कच्चा पदार्थबाट हस्तनिर्मित सामान, ढाकाका कपडा, अल्लोका कपडा, बाँसका सामग्री, चाँदीका गरगहना, चिया पत्ति विदेश निर्यात गर्ने सरकारले सहज व्यवस्था गरे महिला उद्यमीहरूको संरक्षण र प्रवर्द्धन हुने विश्वास रहेको उल्लेख गरे । महिला उद्यमीहरूले उत्पादन गरेका नेपाली कच्चा पदार्थबाट हस्त निर्मित सामानहरू विश्व बजारमा पुर्याउन सके मात्रै मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए । सरकारले मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि विदेशी वस्तु आयात भन्दा पनि नेपाली उत्पादनलाई प्रमुख प्राथमिकता दिएर मुलुक भित्रै खपत गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।
महिला उद्यमी तथा रजनी हस्तकलाकी सञ्चालक रजनी राई चित्राकारले नेपालमा पाइने अर्ग्यानिक घाँस, पराल, केराको रेसा, मकैको खोस्टालगायत कुहिने वस्तुहरूको प्रयोग गरी सामग्रीहरू बनाउने र बेरोजगारीलाई स्वरोजगार बनाउने काम गरेको बताइन्। उनले महिला उद्यमीहहरूले नेपाली वनमा खेर जाने थकाल संकलन गरेर विभिन्न झोला, टोपी लगायतमा वस्तुहरू बनाउने गरेको उल्लेख गरिन्।
सञ्चालक चित्राकारले महिला उद्यमीहरूले नेपाली कच्चा पदार्थबाट उत्पादन गरेका अर्ग्यानिक सामग्रीहरूलाई विश्व बजारमा पुर्याउन सके नेपाली सीप,कला र सामग्री अन्तर्राष्ट्रिय बजारमा चिनारी हुनसक्ने बताइन्। उनले नेपालीहरूले नेपालको सगरमाथा र नेपाली भनेर मात्रै नभएर नेपाली उत्पादनलाई पनि सबैले माया गर्न सक्नुपर्ने धारणा राखिन्। उनले सबै अर्ग्यानिक वस्तुहरू संकलन गरेर विभिन्न सामग्रीहरू उत्पादन गर्ने महिला उद्यमीहरूको केही मूल्य नभएको गुनासो गरिन्। उनले नेपाली महिलाहरूले उत्पादन गरेका अर्ग्यानिक वस्तुहरू विदेशीमा निर्यात गराएर साना उद्यमीहरूको व्यापार राज्यले बढाई दिनुपर्ने बताइन्।
त्यस्तै, महिला उद्यमी राधिका पन्थीले महिला उद्यमीहरूले नेपाली कच्चा पदार्थमार्फत उत्पादित वस्तुहरूको बजारीकरण कम रहेको बताइन्। उनले त्यस्ता वस्तुहरूको बजारीकरण गर्नको लागि समय–समयमा स्वदेश तथा विदेशमा मेलाको आयोजना गर्न आवश्यक रहेको धारणा राखिन्। उनले महिला उद्यमीहरूको प्रोत्साहनको लागि सरकारले सामग्रीहरूको आन्तरिक मात्रै नभएर अन्तर्राष्ट्रिय बजारसम्म बजारीकरण गर्न माग गरिन्। उनले राज्यका हरेक निकायहरूको नजर महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूमा जान आवश्यक रहेको बताइन्। उनले सरकारले महिला उद्यमीहरूलाई प्राथमिकतामा राख्न नसकेको भन्दै महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकता दिन जरुरी रहेको उल्लेख गरिन्।
त्यस्तै, ढाकाको कपडा उत्पादक महिला उद्यमी रिता थापाले नेपाली ढाकाको कपडा उत्पादनमा सरकारले सहुलियत ऋणको व्यवस्था गर्नुपर्ने बताइन्। घरेलु उत्पादनहरूलाई राज्यले थोरै मात्रै प्रोत्साहन गरे मूल्य सस्तो र बजारीकरण गर्न सहज हुने उनको भनाइ छ। व्यवसायी थापाले सरकारले विदेशीबाट आयात हुने कपडालाई प्रतिबन्ध लगाएर नेपाली महिला उद्यमीहरूले उत्पादन गरेको नेपाली उत्पादन मात्रै खरिद गर्ने व्यवस्था गर्न आवश्यक रहेको उल्लेख गरिन्। उनले सरकारले नेपाली उत्पादनलाई प्राथमिकता दिएर विदेशी सामान आयातमा प्रतिबन्ध लगाउँदा विदेशी सामान पलायन हुने अवस्था निर्माण गर्नुपर्ने धारणा राखिन्।
उनले महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको नेपालमा राम्रो बजारीकरण नभएको बताइन्। उत्पादन सामग्रीलाई सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सके अझै उत्पादन बढ्ने उनको भनाइ छ। उनले नेपाली उत्पादित सामाग्री ढाका लगायतका वस्तुहरू महँगो हुन्छ भन्ने मान्यता रहेको भन्दै सरकारले सहुलियत ऋण र प्रोत्साहन गरे मूल्य पनि कम हुने बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
