गृहमन्त्री नारायणकाजी श्रेष्ठले एकता, सद्भाव र सहिष्णुताको मौलिक परम्परा र संस्कृतिमाथि आक्रमण गर्ने कुनै पनि खेल नेपालमा फस्टाउन, बढ्न दिन नहुने बताए।
काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विविधताबीचको एकता, सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको बताएका छन्।
शनिबार ज्यापु महागुठीको चौथो राष्ट्रिय महाधिवेशनलाई काठमाडौँमा सम्बोधन गर्दै उनले एकता, सद्भाव र सहिष्णुताको मौलिक परम्परा र संस्कृतिमाथि आक्रमण गर्ने कुनै पनि खेल नेपालमा फस्टाउन, बढ्न दिन नहुने बताए। आफ्नो पहिचान, अधिकार र विकासको निम्ति सचेत हुनुपर्ने उनको भनाइ छ। उनले संगठित भएर प्राप्त उपलब्धिको रक्षा गर्दै थप अधिकारको निम्ति अघि बढ्नुपर्ने धारणा राखे।
“आज जातीय, भाषिक र धार्मिक एकता, सद्भाव र सहिष्णुताको सट्टा विभिन्न नाममा द्वन्द्व, विग्रह फैल्याउने खतराहरू पनि देखिरहेको छ। हामी सबै आफ्नो पहिचान, अधिकार र विकासको निम्ति सचेत हुनुपर्छ,” उनले भने, “प्राप्त भएको उपलब्धिको रक्षा गर्दै थप अधिकारको निम्ति अघि बढ्नुपर्छ। त्यसको निम्ति संगठित हुनुपर्छ।”
मन्त्री श्रेष्ठले समृद्धिको कार्यभार पूरा गर्न सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो कार्यभारको मूल मन्त्र बनाएको उल्लेख गरे। उनले सरकारले भ्रष्टाचारविरोधी र दण्डहीनताविरोधी ठूला–ठूला अभियान सञ्चालन गरेको दाबी गरे। उनले नेपाललाई विकास र समृद्धिको दिशातिर लैजानका निम्ति राष्ट्रिय पुँजीको विकास, उत्पादनको वृद्धि, सामाजिक न्याय स्थापना गर्नुपर्ने आवश्यकता औँल्याए।
मन्त्री श्रेष्ठले नेपाली जनतालाई आफ्नो देशभित्रै आफन्तको, बालबच्चाको साथमा र मातृभूमिको साथमा श्रम सिञ्चित सुखद जीवन दिलाउने अवसर दिलाउनु अहिलेको आवश्यकता रहेको बताए। सुशासन स्थापित नगरी समृद्धिलाई तीव्रता प्रदान गर्न नसकिने उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
