सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी र कर्णालीका केहीमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। सुदूरपश्चिमको एक–दुई स्थान भने भारी वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाइ छ।

काठमाडौँ– मनसुनको  न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। 

भारतको मध्यप्रदेश र आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेकाले देशभरको मौसममा सामान्य बदली रहेको छ। 

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्का भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो सुदूरपश्चिममा सामान्यतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केहीमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। सुदूरपश्चिम प्रदेशको एक–दुई स्थान भने भारी वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाइ छ।

यसैबीच राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ। 

लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको समेत  सम्भावना रहेको महाशाखाले जनाएको छ।