गत वर्ष विश्वकपको समूह चरणमा जापानसँग नै हारेर बाहिरिएको चार पटकको विश्व च्याम्पियनले पछिल्ला १७ अन्तर्राष्ट्रिय खेलमध्ये चार खेल मात्र जितेको छ।
काठमाडौँ– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जापानले जर्मनीलाई ४–१ ले पराजित गरेको छ।
घरेलु मैदान वोल्सवागेन एरिनामा शनिबार राति भएको खेलमा जर्मनीले लज्जास्पद हार बेहोरेको हो। खेलको ११औँ मिनेटमा जुन्या इटोले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए।
१९औँ मिनेटमा लेरोय सानेले बराबरी गोल फर्काए। २२औँ मिनेटमा आयसे उएडाले गोल गर्दै जापानलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए।
त्यसपछि ९०औँ मिनेटमा ताकुमा असानो र इन्जुरी समयमा आओ तनाकाले गोल गर्दै जापानलाई सानदार जित दिलाएका हुन्।
सन् २०२० मा नेसन्स लिगमा स्पेनसँग ६–० ले पराजित भएपछिको यो सबैभन्दा ठूलो हार हो।
गत वर्ष विश्वकपको समूह चरणमा जापानसँग नै हारेर बाहिरिएको चार पटकको विश्व च्याम्पियनले पछिल्ला १७ अन्तर्राष्ट्रिय खेलमध्ये चार खेल मात्र जितेको छ।
यो नतिजाले प्रशिक्षक हान्सी फ्लिकको भविष्यलाई शंकास्पद बनाएको छ। फ्लिकले अगस्ट २०२१ मा योकिम लोलाई प्रतिस्थापन गरेपछि आफ्नो २५ खेलमा जम्मा १२ खेल मात्रै जितेका छन्।

प्रशिक्षक फ्लिकले यसलाई ‘क्रूर रूपमा निराश’ भनेका छन्। त्यो निराशा खेलाडीमा पनि व्यक्त भएको थियो।
कप्तान इल्के गुन्डोगानले भने, “हामी अहिले पर्याप्त राम्रो छैनौँ। यो पूर्णतया तितो दिन हो। हामी सबैले आफैँलाई प्रश्न सोध्न आवश्यक छ।”
जर्मनीका फुटबल निर्देशक रुडी भोलरले यो हारलाई ‘अपमानजनक’ भनेका छन्। जर्मनी युरो–२०२४ को आयोजक राष्ट्र पनि हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
