कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शनिबार प्रतिकिलो ३०० रहेको डल्ले च्याउ आइतबार ३५० रुपैयाँ पुगेको छ। यस्तै, प्रतिकिलो ४०० रुपैयाँ रहेको कुरिलो आइतबार ४५० रुपैयाँ तोकिएको छ।
काठमाडौँ– काठमाडौँमा हरियो तरकारीको मूल्य एकैदिन प्रतिकिलो ५० रुपैयाँसम्मले बढेको छ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शनिबार प्रतिकिलो ३०० रहेको डल्ले च्याउ आइतबार ३५० रुपैयाँ पुगेको छ। यस्तै, प्रतिकिलो ४०० रुपैयाँ रहेको कुरिलो आइतबार ४५० रुपैयाँ तोकिएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजारमा नेपाली गोलभेँडा सानो प्रतिकिलो ३५ रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ४०, काउली स्थानीय प्रतिकिलो ९०, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ४८ र भारतीय सुकेको प्याज प्रतिकिलो ७० रुपैयाँका किनबेच भइरहेको छ।
यस्तै, गाजरको मूल्य भने प्रतिकिलो १० रुपैयाँले घटेर आएको छ। गाजर प्रतिकिलो १२०, मूला रातो १००, घ्यू सिमी लोकल ८०, भन्टा लाम्चो ५०, मकै बोडी ९०, भटमासकोशा १००, तितो करेला ९०, लौका ४०, पर्वल लोकल ४०, हरियो फर्सी ४५, घिरौँला ४० रुपैयाँ न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
कन्य च्याउ २००, ब्रोकाउली ३००, भिण्डी ५०, रायो साग १००, हरियो प्याज १८०, काँक्रो लोकल ७० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य निर्धारण गरिएको समितिले जारी गरेको मूल्यसूचीमा उल्लेख छ।
यसैगरी, फलफूलमा केरा दर्जनको १४०, फूजी स्याउ ३२०, अनार ३००, अंगुर कालो ४५०, तरबुजा ६०, मौसम १५०, लोकल नासपाती ७०, भारतीय मेवा ८०, एभोकाडो २०० र अम्बा १०० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
