कोशी प्रदेशमा सत्तापक्षले प्रदेशसभाको ठूलो पार्टीलाई निषेध गरी संविधान मिचेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन्।
काठमाडौँ– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेश सरकार गठनका लागि कांग्रेससँग छलफल भइरहेको बताएका छन्।
आइतबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा बोल्दै ज्ञवालीले कोशी प्रदेशमा पहिलादेखि नै कांग्रेस र एमाले मिलेर सरकार निर्माण गर्नुपर्छ भनेको बताए। सत्तापक्षले प्रदेशसभाको ठूलो पार्टीलाई निषेध गरी संविधान मिचेको उनको भनाइ थियो।
“हामीले कोशी प्रदेश सरकार गठनका लागि कांग्रेससँग छलफल गरिरहेका छौँ। त्यहाँ जुन ढंगको शक्ति अवस्था छ, निषेध गरेर जाने खालको बाटोमा नजाऔँ,” ज्ञवालीले भने, “उहाँहरूले निषेध गर्ने कोसिस गर्नुभयो। त्यसका लागि संविधान मिच्ने काम भए, त्यसको परिणाम आज हामीले भोगिरहेका छौँ।”
अब पनि त्यही बाटोमा गए प्रदेशप्रतिको वितृष्णा बढेर जाने र नयाँ चुनावमा जानुपर्ने स्थिति हुने उनको भनाइ थियो। “त्यसले या त प्रदेशप्रतिको वितृष्णा बढेर जान्छ, या त त्यसको समाधानका लागि नयाँ चुनावमा जानुपर्ने स्थिति हुन्छ,” उनले भने, “जुन दुवै कुरा हाम्रो प्राथमिकतामा छैन। नेपाली कांग्रेसले जिम्मेवार भूमिका खेलोस्।”
यसका लागि आफूहरू प्रारम्भिक चरणको कुराकानीमा रहेको उपमहासचिव ज्ञवालीको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
