भिक्षुका सम्पूर्ण कृति कथालयकै विभाग 'वी रिड' प्रकाशनबाट छाप्ने गरी उनका परिवारसँग सम्झौता भइसकेको कथालयका सह-संस्थापक तथा निर्देशक राजीवधर जोशीले बताए।
काठमाडौँ– कथालय इन्कले सुप्रसिद्ध लेखक भवानी भिक्षुका कथा, उपन्यास, कवितालगायत कृतिको सर्वाधिकार लिएको छ। भिक्षुका सम्पूर्ण कृति कथालयकै विभाग 'वी रिड' प्रकाशनबाट छाप्ने गरी उनका परिवारसँग सम्झौता भइसकेको कथालयका सह-संस्थापक तथा निर्देशक राजीवधर जोशीले बताए।
भिक्षु जीवित हुँदासमेत उनका कृतिले पुनर्मुद्रणको अवसर नपाएको र हाल बजारमा अभाव रहेकाले क्रमशः सबै पुस्तक प्रकाशन गर्दै लैजाने योजना रहेको जोशीको भनाइ छ।
"यही सिलसिलामा लोकप्रिय उपन्यास ‘पाइप नं. २’ प्रकाशनमा ल्याइसकेका छौं," उनले भने, "भिक्षुका किताब पुरानो समाजका तस्वीर हुन्, जो बजारमा दुर्लभ छन्। नेपाली साहित्यलाई महत्वपूर्ण योगदान गरेका लेखकलाई नयाँ पुस्ताले पनि पढुन् भन्ने हाम्रो अपेक्षा हो।"
गएकाे शुक्रबार भिक्षुका छोरा सव्यसाचीलाई ‘पाइप नं.२’ हस्तान्तरण गरेपछि उपन्यास औपचारिक रूपमा बजारमा पठाइएको निर्देशक जोशीले जानकारी दिए। याे उपन्यास पहिलोपटक २०३४ सालमा साझा प्रकाशनबाट छापिएको थियो। उपन्यासले वि.स. २०२० को दशककी एक शिक्षित महिला नेलीका मुखबाट तत्कालीन समाजकाे कथा भन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
