ललिता निवास प्रकरण: १७ जनालाई धरौटीमा छाड्न आदेश, एकजना साधारण तारेखमा रिहा

थुनछेक बहस सकिएपछि न्यायाधीश भोलानाथ ढकालको इजलासले यस्ताे आदेश दिएको हो।

काठमाडौँ– बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका १८ जनालाई काठमाडौँ जिल्ला अदालतले छोड्न आदेश दिएको छ।

थुनछेक बहस सकिएपछि न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो। यस्तै, एकजनालाई भने साधारण तारखेमा छाड्न आदेश दिएको छ। पक्राउ परेका १८ मध्ये केशव तुलाधरलाई मात्र साधारण तारेखमा छाड्न आदेश दिएको हो।

चार पूर्व-मन्त्रीसहित तीनसयलाई प्रतिवादी बनाएर भदौं १० गते अदालतमा मुद्दा दायर गरिएको थियो।

याे पनि : ललिता निवास प्रकरणमा किन भएन संगठित अपराधमा मुद्दा दर्ता?