जुममार्फत आयोजना गरिएको साधारणसभामा ८० जनाको उपस्थिति थियो। तर, त्यसमध्ये ३४ सदस्य मात्रै आधिकारिक रहेको एन्फाका एक पदाधिकारीले बताए।
काठमाडाैँ– गणपूरक संख्या नपुगेपछि एन्फाकाे साधारणसभा स्थगित भएको छ।
आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षक नियुक्तिलाई अनुमोदन गराउन आइतबार विशेष साधारणसभा बोलाइएको थियो। तर, शहीद स्मारक लिग खेल्ने ३२ क्लबसहित बहुमत कार्यकारी सदस्यले एन्फा विधानको मर्मविपरीत अनलाइनमार्फत विशेष साधारणसभा बोलाएको भन्दै दिनभर त्रिपुरेश्वरस्थित न्युरोड टिमको कार्यालयमा जम्मा भएर बहिस्कार गरेका हुन्। विरोधका बाबजुद करिब एक घण्टा ढिलो गरि साढे एक बजेदेखि शुरू भएको साधारणसभा हाजिरीसमेत नगरी स्थगित भएको हो।
एन्फा प्रवक्ता सुरेश शाहका अनुसार साधारणसभा सोमबार बिहान ११ बजे बस्नेगरी पुन: बोलाइएको छ। सोमबारको साधारणसभा पनि अनलाइनमार्फत बस्ने तय छ।
“संघको २०८० भाद्र २४ गतेको अनलाइनमार्फत भएको एन्फा विशेष साधारणसभामा एन्फाको विधान २०७७ संस्करणको धारा २८ को उपधारा १ बमोजिम गणपूरक संख्या अपुग भएकाले पुनः उक्त एन्फा विशेष साधारणसभा विधानको धारा २८ को २-३ अनुरूप अनलाइनमार्फत २०८० भाद्र २५ गते बस्ने जानकारी गराइयो,” उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
आइतबारको लागि तय गरिएको साधारणसभामा कुल ९२ मध्ये ८० जनाको मात्रै उपस्थिति थियो। तर, त्यसमध्ये ३८ सदस्य मात्रै आधिकारिक रहेको एन्फाले जनाएको छ। तर, एन्फाका एक पदाधिकारी भने ती ३८ मध्ये पनि ४ जना सदस्य आधिकारिक नरहेको बताउँछन्।
“टाउको मात्रै देखाउन ८० जना खडा गरिएको थियो। उनीहरूलाई उपस्थित हुनु, तर बस्न मन लागे मात्रै बस्नु नत्र भिडियो अन गरेर राख्दिनु भनेर एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले अह्राएका थिए,” ती पदाधिकारीले उकालोसँग भने, “त्यहीअनुसार असम्बन्धित व्यक्तिहरूको समेत प्रवेश भएको कारण ८० जनाको उपस्थिति देखिएको थियो। तीमध्ये ३४ जना मात्रै आधिकारिक सदस्य हुन्।”
एन्फाले आइतबारको साधारणसभामा गणपूरक संख्या नपुगेपछि अनुपस्थितलगायत सबैलाई पत्र काटिसकेको छ। यद्यपि, इतरपक्षले भने सोमबार बिहान १० बजे एन्फा अध्यक्ष नेम्वाङलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ।
उनीहरूले खुल्ला रूपमा सूचना जारी गरेर लेखा परीक्षकसम्बन्धि गर्नुपर्ने भए पनि एन्फा कार्यसमितिले उक्त अधिकार खोसेको आरोप लगाएका छन्। नियुक्तिका लागि प्रस्ताव साधारणसभामा लैजानुपर्नेमा एन्फाभित्रको आर्थिक हिनामिनालाई ढाकछोप गर्न विनाप्रतिस्पर्धा लेखापरीक्षक नियुक्ति गर्न लागिएको उनीहरूको आरोप छ।
विशेष साधारणसभा बैठक सोमबार अगाडि बढाइए अविश्वासको प्रस्ताव अघि बढाउने इतरपक्षको तयारी छ। सोहीअनुसार विभिन्न जिल्लाबाट प्रतिनिधिलाई भौतिक रूपमा काठमाडाैँ उपस्थित गराइएको छ।
“हामीसँग करिब ४३ जनाको हस्ताक्षर भइसक्यो। हामी अन्यलाई पनि झिकाएर ५५ जनाको टोली बनाउँछौँ र भोलि ज्ञापनपत्र बुझाउँछौँ। त्यसलाई पनि बेवास्ता गरेर अगाडि बढे शक्ति प्रदर्शन गर्न बाध्य हुने छौँ,” इतरपक्षका एक पदाधिकारीले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
