सबैभन्दा पहिला स्थानीय निकायमा घरेलु महिला श्रमिकहरूलाई सूचीकृत गर्नुपर्ने उनीहरूकाे भनाइ छ।
काठमाडाैँ– महिला अधिकारकर्मीहरूले घरेलु श्रमिक महिलाहरूको अदृश्य श्रमलाई दृश्य बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
आइतबार काठमाडौँमा घरेलु श्रमिकको अधिकार, पहिचान र सुनिश्चितता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महिला अधिकारकर्मीहरूले घरेलु महिला श्रमिकको आवाज बुलन्द बनाउनुपर्ने बताए। उनीहरूले सबैभन्दा पहिला स्थानीय निकायमा घरेलु महिला श्रमिकहरूलाई सूचीकृत गर्नुपर्ने बताएका छन्।
कार्यक्रममा बोल्दै तरङ्गिणी फाउण्डेशनका मनोविमर्शकर्ता रूपा भट्टराईले घरेलु महिला श्रमिकको श्रम अदृश्य रहेको र त्यसलाई दृश्य बनाउने प्रयासमा आफूहरू लागेको बताइन्। उनले घरेलु पनि श्रम नै भएकाले स्थानीय तहले घरेलु श्रमलाई सूचीकृत गर्नुपर्ने बताइन्। घरेलु श्रमिकलाई झर्किने, कामको सम्मान नगर्ने लगायतका समस्या रहेको भन्दै त्यस्ता श्रमिकलाई मान्यता दिने काम राष्ट्रियस्तरबाट शुरू गरिनुपर्ने उनकाे भनाइ छ।
यस्तै, उनले काठमाडौँ महानगरभित्रका केही वडाका महिला घरेलु श्रमिकको तथ्यांकसमेत आफूहरूले जम्मा पारेको उल्लेख गर्दै स्थानीय निकायहरूले पनि यसमा सहयोग गर्ने हो भने तथ्यांक संकलन गर्न सहज हुने बताइन्।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले घरेलु महिलाको अदृश्य श्रमलाई दृश्य बनाउन आवश्यक रहेको बताइन्। अदृश्य श्रमलाई दृश्य र पहिचानमा ल्याउन सम्भव रहेको उनकाे भनाइ छ।
"अदृश्य घरेलु शक्तिलाई दृश्य बनाउनको लागि काम गर्नुपर्छ। सजिलो छ, यो गर्न सकिन्छ। महिला घरेलु श्रमिकले कति काम गरेका छन् भन्नेबारेमा काम गर्नुपर्ने जरुरी छ," उनले भनिन्।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले श्रम बजारमा महिलाको सहभागिता बढाउने र सहभागिता भइसकेकाको पहिचान बढाउने खालको काममा जुट्नुपर्ने आवश्यकता रहेको बताए ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
