युरोकप छनोट: अल्बानियासँग पोल्यान्ड पराजित

६० राष्ट्र सहभागी छनोटबाट २३ राष्ट्र युरोकप २०२४ का लागि छनोट हुनेछन्।

काठमाडौँ– युरोकप छनोटमा अल्बानियाले पोल्याण्डलाई पराजित गरेको छ।

आइतबार राति भएको खेलमा अल्बानियासँग पोल्यान्ड २–० ले पराजित भएको हो। 

अल्बानियाको जितमा जसिर असानी र मिर्लिन्ड डाकुले गोल गरे। पाँच खेलमा तीन जितसहित अल्बानिया समूहको शीर्षस्थानमा छ।

समान खेल खेलेको पोल्यान्ड दुई जितसहित पाँच टोली सम्मिलित समूहको चौथो स्थानमा छ। 

यस्तै, आइतबार राति नै भएका अन्य खेलमा डेनमार्क, नेदरल्यान्डस्, स्लीभेनिया, सर्विया, मोन्टेनेग्रो, मोल्डोभा, काजखस्तान र ग्रीस विजयी भएका छन्।

६० राष्ट्र सहभागी छनोटबाट २३ राष्ट्र युरोकप २०२४ का लागि छनोट हुनेछन्।