स्थानीयको श्रमदानबाट खोला वारपार गर्न काठको अस्थायी पुल बनाइएको छ। भवनमा बाढी पसेपछि बन्द भएको जनशान्ति माविको पठनपाठन १० दिनपछि सुचारु भएको छ।
म्याग्दी– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ को कागखोलालाई पुुरानै धारमा फर्काइएको छ।
गत साउन २८ गते आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको थियो। बाढीले कटान गरेर बस्तीमा पसेको कागखोलालाई पुुरानै धारमा फर्काएर बगाइएको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिए।
“करिब २० दिन डोजर परिचालन गरेर खोलालाई प्राकृतिक रूपमा बगेको धारमा फर्काइएको छ,” उनले भने, “क्षतिग्रस्त भौतिक संरचनाको मर्मत र बाढी पन्छाएर जनजीवनलाई सामान्य अवस्थामा फर्काउने कामलाई तीव्रता दिएका छौँ।” बाढी र कटान नियन्त्रण गर्न तटबन्धको योजनाका लागि प्रदेश र संघीय सरकारसँग अनुरोध गरेको अध्यक्ष गुरुङले बताए।
खोला वारपार गर्न काठको प्रयोग गरेर अस्थायी पुल बनाइएको छ। बस्तीमा पसेको बाढीलाई पन्छाउन डोजर परिचालन गरिएको छ। घरभित्र पसेको लेदो फाल्ने र सरसफाइ गर्ने कामलाई तीव्रता दिइएको स्थानीयवासी धारा गुरुङको भनाइ छ।
स्थानीयको श्रमदानबाट कागबेनीदेखि तिरी गाउँ जाने बाटोमा कालीगण्डकी नदीमाथि काठको पुल बनाइएको छ। पुल बनेपछि तिरीका ३० भन्दा बढी घरधुरीलाई कागबेनी आवतजावत गर्न चार घण्टाको घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता हटेको छ। कागखोलामै अस्थायी काठको पुल बनाएर जोमसोम–कोरला सडकमा साना सवारी साधन आवतजावत गर्ने व्यवस्था मिलाइएको छ। जोमसोम–कोरला सडकमा यातायात सञ्चालन भएको छ।
भवनमा बाढी पसेपछि बन्द भएको कागबेनीको जनशान्ति माविको पठनपाठन १० दिनपछि सञ्चालनमा आइसकेको शिक्षक मनवीर किसानले बताए। खानेपानी र विद्युत् आपूर्ति सञ्चालन भइसकेको छ। कागबेनीको बाढी व्यवस्थापन गर्न छिमेकी गाउँपालिका, स्थानीयवासी, सुरक्षा निकायले सघाएका गाउँपालिका अध्यक्षको भनाइ छ।
बाढीबाट एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिले गरेको छ। नगद सामान र संरचनामा मात्र ८१ करोड ८३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
