राजमार्ग अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ जाने गाडी रोकिएका छन्। पहिरोसँगै ठूलो ढंगा खसेका कारण पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ।
बैतडी– भारी वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ। बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट ठूलो ढुंगा सखेपछि राजमार्ग अवरुद्ध भएको हो।
उक्त ढुंगा फुटाउन बझाङबाट ठूलो मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। “पहिरोसँगै खसेको ढुंगाले राजमार्ग अवरुद्ध छ। ठूलो ढुंगा भएकाले फुटाउन्न समस्या भइरहेको छ,” उनले भने, “सवारीसाधन बाटैमा थन्किएका छन्।”
आइतबारदेखि उक्त राजमार्ग अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ जाने गाडी रोकिएका छन्। यस्तै दशशरथचन्द राजमार्गको सतबाँझ–गोठलापानी सडकखण्डको गुरुखोला नजिक सडकमा रुख खस्दा अवरुद्ध भएको छ। आइतबार राति खसेका चारवटा रुखले राजमार्ग अवरुद्ध पारेको प्रहरी निरीक्षक केसीले बताए।
राजमार्ग अवरुद्ध भएर यातायातका साधन रोकिँदा यात्रु अलपत्र परेका छन्। शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण जिल्लाको जनजीवन प्रभावित हुनुका साथै बाढी र पहिरोको जोखिम बढाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
