विदेश पठाइदिने भन्दै ठगी गर्ने ३ जना पक्राउ

काठमाडौँका विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

काठमाडौँ– वैदेशिक रोजगारीमा विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। 

भक्तपुरको ठिमी–३ बस्दै आएका ४० वर्षीय राजकुमार लामिछाने, काठमाडौँको नयाँ बसपार्क बस्दै आएका २३ वर्षीय चित्रबहादुर मगर तथा सुकेधारा बस्दै आएका ४९ वर्षीय वीरबहादुर गुरुङलाई पक्राउ गरिएको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। 

ठगी गरेको उजुरीका आधारमा तीनै जनालाई पक्राउ गरिएको हो।

उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको एसपी रेग्मीले बताए।