आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटा सोमबार बिहान नेपालगन्ज विमानस्थलबाट पक्राउ परेका हुन्।
काठमाडौँ– बाँकेमा स्रोत नखुलेको २६ लाख रुपैयाँसहित एक निजामती कर्मचारी पक्राउ परेका छन्।
आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटालाई सोमबार बिहान नेपालगन्ज विमानस्थलबाट पक्राउ गरिएको बाँके प्रहरीका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए।
नेपालगन्जबाट श्री एयरलाइन्सको जहाजमार्फत काठमाडौँ आउन लागेका सापकोटालाई विमानस्थलमा सुरक्षा जाँचको क्रममा पक्राउ गरिएको हो।
कर अधिकृत सापकोटाका साथमा रहेका तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दिपक पौडल भने फरार भएको उनले बताए।
उनलाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जमा बुझाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
