स्वदेश फर्कियो साफ यू–१५ विजेता नेपाली टोली [तस्वीरहरू]

साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि जितेको नेपाली टोली शनिबार साँझ काठमाडौं फर्किएको छ।

तस्वीर : अमित मचामसी/उकालो

काठमाडौं– अपराजित रहँदै साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि जितेको नेपाली टोली स्वदेश फर्किएको छ। नेपाली टोली शनिबार साँझ काठमाडौं फर्किएको हो।

नेपालले शुक्रबार बंगलादेशको ढाकास्थित बीएसएसएसएमके स्टेडियममा राउन्ड रोविन लिगको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै अपराजित रहेर उपाधि जितेको थियो।

महिला फुटबलमा नेपालको यो पहिलो उपाधि हो। यसअघि नेपाली महिला टोलीले उमेर समूह या सिनियर साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुद (साग) मा उपाधि जित्न सकेको छैन।

तीन राष्ट्रको मात्रै सहभागिता भएपछि डबल राउन्ड रोविन लिगको आधारमा भएको प्रतियोगितामा नेपालले चार खेलबाट १० अंक जोड्यो। बंगलादेशले ७ तथा भुटान अंकविहीन बन्यो।