छात्राले आत्महत्या गरेपछि विद्यालय सञ्चालक र प्रधानाध्यापक पक्राउ

स्कुलका प्रअ पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए।

रुकुम पश्चिम– आत्महत्या दुरुत्साहन मुद्दा परेपछि चौरजहारी नगरपालिका– १ पुरानो बजारमा सञ्चालनमा रहेको भ्याली पब्लिक बोर्डिङ स्कुलका प्रधानाध्यापक र सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। 

स्कुलका प्रअ पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए। सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत १३ वर्षीया सृष्टि गौतमले शुक्रबार आत्महत्या गरेकी थिइन्। विद्यालयमा प्रअ भाट र सञ्चालक भण्डारीको संलग्नतामा निर्घात कुटपिट भएपछि घर आएकी छात्राले विद्यालयको पोसाकमै झुन्डिएर आत्महत्या गरेको घरपरिवारको भनाइ छ। 

विद्यालयमा बालिकामाथि प्रअले निरन्तर यातना र तनाव दिएर आत्महत्या गर्न बाध्य पारेको छात्राका परिवारले आरोप लगाएका छन्। यस विषयमा अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ। मृतक छात्रा सोही नगरपालिका–१ लामिछाने गाउँकी हुन्।