जलनसम्बन्धी कानून सार्वजनिक गरेको दिनको स्मरणमा आयोजित कार्यक्रममा बोल्दै पीडितहरूले यस्ताे माग गरेका हुन्।
काठमाडाैँ– जलनपीडितहरूले औषधि उपचारमा सहज हुनेगरी आवश्यक परिचयपत्रको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन्।
आइतबार एमालेले ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जलनसम्बन्धी कानून सार्वजनिक गरेको दिनको स्मरणमा आयोजित कार्यक्रममा बोल्दै पीडितहरूले यस्ताे माग गरेका हुन्। तेजाबविरुद्ध कडा कानून ल्याएकोमा तत्कालीन केपी ओली नेतृत्वको सरकारप्रति आभार पनि व्यक्त गरे। केपी ओली नेतृत्वको तत्कालीन सरकारले २०७७ साल भदौ २५ गते आजकै दिन अध्यादेशमार्फत तेजाबविरुद्धको कडा कानून ल्याएकाे थियाे।
पीडित मुस्कान खातुनले आफूहरूले भेटेको १५ दिनभित्र तेजाब आक्रमणविरुद्ध कडा कानून ल्याएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार व्यक्त गरिन्। यस्तै उनले आफूहरूलाई औषधि उपचारमा सहज हुनेगरी आवश्यक परिचयपत्रको व्यवस्था गरिदिन पनि सरकारसँग माग गरिन्।
"यो कानून आयएता तेजाब आक्रमणको घटना अलि कम नै देखिएको छ। अवारनेस कार्यक्रम अहिले पनि गाउँघरमा गर्न एकदमै जरुरी छ," उनले भनिन् "कानून आयो, हामीलाई धेरै प्रकारको सुविधा पनि भयो। हामीलाई परिचयपत्र दिएर त्यसैअनुसार औषधिको व्यवस्था गरिदिए हुन्थ्यो।"
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद समेत रहेकी तेजाब आक्रमण पीडित विन्दबासिनी कंसाकारले तेजाबविरुद्ध कडा कानून बनाउने काम गरेकोमा ओली नेतृत्वको तत्कालीन सरकारलाई धन्यवाद दिँदै त्यसको कार्यान्वयन गर्न सरकारलाई सचेत गराइन्। उनले आफूले पनि सांसदको रूपमा र आफ्नो पार्टीले पनि सो कानूनको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन्।
"नेपालमा ६० देखि ७० हजार मान्छे वर्षमा जल्ने गर्दछ। तर उहाँहरूको उपचारको लागि केही पनि छैन। विगतमा जुन कानून बनेको छ। त्यो कानुन नेपालको लागि पर्याप्त छ। तर त्यो कानुन कार्यान्वयनमा आएको छैन्," उनले भनिन् "म प्रतिनिधि सभा सदस्य भएको नाताले त्यो कानूनलाई कार्यान्वयनमा लिएर आउन म व्यक्तिगत रूपमा र प्रतिनिधिसभा सदस्यको रूपमा र मेरो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट पनि पहल गर्नेछु।"
यस्तै, जलनपीडित जेनी खड्काले तेजाब आक्रमणलाई मात्र नभई जलन पीडित सबैलाई समान व्यवहार गरिदिन आग्रह गरिन्। उनले आफूहरूका लागि औषधि उपचारमा सहज हुने गरी आवश्यक व्यवस्था पनि मिलाइदिन सरकारसँग माग राखिन्। पीडित खड्काले भनिन्, ‘जलनका सबै रोगीहरूलाई विशेष व्यवस्था गरिदिनुपर्छ। उनीहरूका लागि औषधि पनि सहज ढंगले दिने व्यवस्था हुनुपर्यो।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
