पाकिस्तानको दक्षिणी प्रान्त सिन्धमा डेंगी संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ भने तीन सय ५३ जना संक्रमित थपिएका छन्।
पाकिस्तानमा डेंगी ज्वरोको फैलावट लगातार बढिरहेको छ। यो महिना देशको दक्षिणी प्रान्त सिन्धमा हालसम्म डेंगी संक्रमणका कारण २७ जना बिरामीको मृत्यु भएको प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ।
यस संक्रमणका कारण मृत्यु भएका सबै सिन्ध प्रान्तको प्रान्तीय राजधानी अर्थात् देशको सबैभन्दा ठूलो सहर कराचीमा भएको बताइएको छ। पछिल्लो २४ घण्टामा सिन्ध प्रान्तमा कुल तीन सय ५३ जना नयाँ संक्रमित भएका विभागले मंगलबार साँझ जानकारी दिएको छ।
सेप्टेम्बरमा बिरामीको संख्या तीन हजार ५ सय ९४ पुगेको छ। वर्षभरि कुल बिरामीको संख्या छ हजार एक ६३ पुगेको छ। उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा पछिल्लो २४ घण्टामा दुई सय ८४ लाई डेंगी संक्रमण भएको प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ।
यसवर्ष खैबर पख्तुनख्वा प्रान्तमा एक हजार सात सय २९ सक्रिय संक्रमितको संख्या रहेका छन्। कुल संक्रमितको संख्या पाँच हजार दुई ६४ पुगेको बताइएको छ। यसबाहेक, पूर्वी पञ्जाब प्रान्तमा पछिल्लो २४ घण्टामा दुई सय १५ संक्रमित भएका प्रान्तीय स्वास्थ्य अधिकारीहरूले मंगलबार बिहान जानकारी दिएका छन्।
पञ्जाबको राजधानी लाहोरमा एक सय पाँच जना संक्रमित भएका छन्। रावलपिंडी सहरमा ५४ जनामा संक्रमण देखिएको छ। यसवर्ष रावलपिंडीमा कुल संक्रमितको संख्या तीन हजार ६ सय ४५ पुगेको छ।
वर्षाबाट १० जनाको मृत्यु
मंगलबार साँझसम्म पाकिस्तानको विभिन्न भागमा परेको मुसलधारे वर्षापछिको बाढीमा परी कम्तीमा १० को मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जानकारी दिएको छ।
बाढीसम्बन्धी छुट्टाछुट्टै घटनाहरूमा ज्यान गुमाउनेहरूमध्ये चार बालबालिका र दुई महिला रहेका एनडीएमएले मंगलबार जनाइएको छ। देशको सबैभन्दा बढी प्रभावित क्षेत्र दक्षिणी सिन्ध प्रान्त नौ जनाको मृत्यु भएको छ। त्यसपछि दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा एक जनाको मृत्यु भएका जनाइएको छ।
एनडीएमएले मंगलबार राति सार्वजनिक गरेको विवरणअनुसार देशका छुट्टाछुट्टै स्थानमा भएका बाढीसम्बन्धी घटनामा एक हजार पाँच सय ६९ जनाको मृत्यु भएको छ। बाढीजन्य भवितव्यमा परी १२ हजार आठ सय ६० जना घाइते भएका छन्।
यस प्रकोपले ५० हजार नौ सय ४० घरहरू क्षतिग्रस्त पारेको समाचारमा जनाइएको छ। बाढी प्रभावित क्षेत्रमा प्राधिकरण, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाले उद्धार तथा राहत सामग्री वितरणलाई निरन्तरता दिइरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
