गृह मन्त्रालयले १० वटा सहसचिवकाे जिम्मेवारी हेरफेर गरेकाे हाे।
काठमाडाैँ– गृह मन्त्रालयले १० वटा सहसचिवकाे जिम्मेवारी हेरफेर गरेकाे छ।
मन्त्रालयले अध्यागमन विभागको महानिर्देशक (डीजी)मा सहसचिव रुद्रसिंह तामाङको सरुवा गरेको छ। विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारीको सरुवा मन्त्रालय भएको थियो।
तामाङ राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए। उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई लगिएको छ। त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुवेदीको पनि सरुवा भएको छ। सुवेदीलाई दाङको प्रमुख जिल्ला अधिकारी (सीडीओ/प्रजिअ)काे जिम्मेवारी दिइएको छ। उता, दैलेखका प्रजिअ गोगनबहादुर हमाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतकाे जिम्मेवारी दिइएको छ।
रुपन्देहीका प्रजिअ भरतमणि पाण्डेलाई गृहले मन्त्रालय वा अन्तर्गत ल्याएको छ भने गृह मन्त्रालयका सहसचिव गणेश अर्याललाई रुपन्देहीको प्रजिअमा सरुवा गरिएको छ। त्यसैगरी मन्त्रालयका सहसचिव शिवराम गेलाललाई महोत्तरीको प्रजिअकाे जिम्मेवारी दिइएकाे छ। महोत्तरीका प्रजिअ दीपककुमार पहाडीलाई गृह मन्त्रालयमा ल्याइएको छ।
त्यस्तै, भक्तपुरका प्रजिअ खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी उनकाे ठाउँमा बागलुङका प्रजिअ रोशनीकुमारी श्रेष्ठलाई ल्याइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
