सगरमाथामा पुग्ने पहिलाे जाेडी ‘ग्रेट हिमालयन ट्रेल’को यात्रा गर्दै

नेपाल पर्वतारोहण संघले उनीहरूको याे यात्राले नेपालको पर्यटनको प्रचार हुने जनाएको छ।

काठमाडाैँ– स्लोभानियन आरोही दम्पतीले ४ महिने ‘ग्रेट हिमालयन ट्रेल’को यात्रा गर्ने भएका छन्। 

आइतबार काठमाडौँमा पत्रकार सम्मलेन गर्दै स्लोभानियन आरोही दम्पती आन्द्रेज स्ट्रेम्फेल्ज र मारिजा स्ट्रेम्फेल्जले ४ महिना समय लगाएर ‘ग्रेट हिमालयन ट्रेल’को यात्रा गर्न लागेका जानकारी गराएका हुन्। सो यात्रा कञ्चनजंगाबाट शुरू भएर हुम्लाकाे हिल्सामा पुगेर अन्त्य हुने छ।

स्ट्रेम्फेल्ज दम्पतीले यसअघि सन् १९९० मा एकैसाथ सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान पनि राखेका थिए। उनीहरुको हिमालयन ट्रेलको यात्रा १३ सेप्टेम्बरबाट शुरू हुने बताइएको छ। यी दम्पतीले आफूहरू ‘ग्रेट हिमालयन ट्रेल’मा जान लागेको भन्दै खुसी व्यक्त गरेका छन्। 

नेपाल पर्वतारोहण संघले उनीहरूको याे यात्राले नेपालको पर्यटनको प्रचार हुने जनाएको छ। ‘ग्रेट हिमालयन ट्रेल’ अहिलेसम्म धेरै नभएको अवस्थामा यो यात्राले यसको प्रचारप्रसारमा सघाउ पुग्ने संघकाे भनाइ छ।