लुकाएर राखेकाे ८०० किलाे काजु बरामद

भन्सार छलेर भारतबाट ल्याइएकाे काजु सशस्त्र प्रहरीले बरामद गरेकाे हाे।

रौतहट– भन्सार छली घरमा लुकाएर राखेको ८०० किलो काजु सशस्त्र प्रहरीले बरामद गरेको छ। 

पर्साको वीरगञ्ज महानगरपालिका–१० बजरङ्ग टोल बस्ने मगनी राउतले भारतीय बजार रक्सौलबाट भन्सार छलेर नेपाल भित्र्याइ घरमा लुकाएर राखेको सूचनाको आधारमा सशस्त्र प्रहरीले सोमबार काजु बरामद गरेको हो। भन्सार अधिकृत दीपेन्द्र शर्मासहितको प्रहरी टोलीले बरामद गरेको करिब सात लाख २० हजार रुपैयाँ बराबरको काजुलाई आवश्यक कारबाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल १३ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले जानकारी दिए।