करिब ३८ जना क्षमता रहेको २५ वटा बस सञ्चालनमा आउने भएका छन्। बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म याे सेवा सञ्चालन हुनेछ।
काठमाडौँ– सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ असोज तीन गतेदेखि सञ्चालन हुने भएको छ। संविधान दिवसका दिनदेखि ‘द्रुत बस सेवा’ सञ्चालन गर्ने निर्णय भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए।
सोमबार मन्त्री ज्वालाले सडक विभागका महानिर्देशक, यातायात व्यवस्था विभागका महानिर्देशकसहितको टोलीसँग ‘द्रुत बस सेवा’का विषयमा छलफल गरेका हुन्। सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले ‘द्रुत बस सेवा’ सञ्चालनको आवश्यक तयारी लगभग अन्तिम चरणमा पुगेको बताए। उनले भने, "अन्य काम सबै सकिएको छ, सडकको डेडिकेटेड लाइनमा रेड मार्क गर्नमात्र बाँकि छ, त्यो भाेलिदेखि शुरू गर्छाैँ।"
‘द्रुत बस सेवा’का लागि आवश्यक पर्ने २५ वटा बसहरू तयारी अवस्थामा राखिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए। व्यवसायीहरूसँग सहकार्य गरी उनीहरूकै बसहरू सञ्चालन गर्न लागिएको हो। रिजालका अनुसार करिब ३८ जना क्षमता रहेको २५ वटा बस सञ्चालनमा आउने भएका छन्। बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म याे सेवा सञ्चालन हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
