टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३५६ रनको विशाल योगफल तयार पारेको थियो।
काठमाडौँ– एशिया कपअन्तर्गत सुपर फोरको खेलमा भारतले पाकिस्तानलाई २२८ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
जितका लागि ३५७ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तान ३२ ओभरमा १२८ रनमा अलआउट भयो।
श्रीलंकाको कोलोम्बोमा भएको खेलमा पाकिस्तानका ओपनर फखार जमानले सर्वाधिक २७ बनाए। अघा सलमान र इफ्तिखार अहमदले २३–२३ रनको योगदान दिए। इमाम उल हक ९, कप्तान बाबर आजम १० र मोहम्मद रिजवान २ रनमा आउट भए।
भारतका कुलदीप यादवले ५ विकेट लिए। ८ ओभर बलिङ गरेका उनले २५ रन मात्र खर्चिएका थिए। जस्प्रित बुमराह, हार्दिक पान्ड्या र शार्दुल ठाकुरले समान १–१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३५६ रनको विशाल योगफल तयार पारेको थियो।

भारतका विराट कोहलीले नटआउट १२२ रनको सानदार शतकीय इनिङ्स खेले। खेलको प्लेयर अफ द म्याच चुनिएका उनले ९४ बलमा ९ चौका र ३ छक्का प्रहार गरेका थिए।
केएल राहुल १०६ बलमा १२ चौका र २ छक्कासहित १११ रनमा नटआउट रहे। ओपनर रोहित शर्माले ५६ र शुभमन गिलले ५८ रनको योगदान दिए।
पाकिस्तानका शादब खान र शाहिन शाह अफ्रिदीले समान १–१ विकेट लिए।
यस जितले भारतको फाइनल सम्भावना मजबुत बनेको छ। पाकिस्तान फाइनलमा पुग्न श्रीलंकालाई हराउनु पर्ने हुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
