राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङको अप्रत्याशित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन्।
काठमाडौँ– एमाले उपाध्यक्ष तथा पूर्वसभामुख सुवास सुवासचन्द्र नेम्वाङको निधनप्रति शीर्ष नेताहरूले दुःख व्यक्त गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङको अप्रत्याशित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेम्वाङको निधनले मर्माहत भएको बताएका छन्। बुधबार महाराजगन्जस्थित शिक्षण अस्पतालमा बिहान पुगेर प्रधानमन्त्री दाहालले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन्।
यस्तै, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि नेम्वाङको अप्रत्याशित निधनले आफू स्तब्ध भएको बताएका छन्।
एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गरेका छन्। महाराजगन्जस्थित शिक्षण अस्पतालमा पुगेर अध्यक्ष नेपालले स्व. नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन्।
हृदयघात भएपछि मंगलबार बिहान १:३० बजे त्रिवि शिक्षण अस्पताल पुर्याइएकोमा लगत्तै चिकित्सकले नेम्वाङलाई मृत घोषित गरेका थिए। नेम्वाङको पार्थिव शरीर केही बेरपछि पार्टी केन्द्रीय कार्यालयमा लगिने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए।
नेम्वाङको पार्थिव शरीर मंगलबार दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार अन्त्येष्टि गरिने जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
