एमालेले बोलायो सचिवालयको आकस्मिक बैठक, महासचिव पोखरेल चीनबाट फर्किँदै

पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधन भएपछि सचिवालयको आकस्मिक बैठक बस्न लागेको हो। 

काठमाडौँ– नेकपा एमालेले सचिवालयको आकस्मिक बैठक बोलाएको छ। 

पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधन भएपछि पार्टीको सचिवालय बैठक बस्न लागेको हो। सचिवालय बैठक मंगलबार बिहान ११ बजे पार्टी मुख्यालयमा बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए। 

नेम्वाङको मंगलबार बिहान १:५० मा हृदयघातका कारण निधन भएको थियो। उनको पार्थिव शरीरलाई केहीबेरमा पार्टी मुख्यालयमा श्रद्धाञ्जलीका लागि ल्याइँदै छ।

यसैबीच, पार्टीका महासचिव शंकर पोखरेल आफ्नो सबै पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम रद्द गरेर चीनबाट स्वदेश फर्किने भएका छन्। 

उपाध्यक्ष नेम्वाङको अप्रत्याशित निधनका कारण पोखरेल मंगलबार नै स्वदेश फर्कन लागेको एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा पोखरेलसहित पार्टीको उच्चस्तरीय टोली भदौ १७ गते चीनमा भ्रमणमा गएको थियो। 

स्वदेश फर्कन टिकट पाएका अवस्थामा भ्रमण दलको सबै सदस्य मंगलबार नै फर्किने विदेश विभाग प्रमुख भट्टराईले जानकारी दिए।