पराजुलीका अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चश्मा, अनायिका, सपनामा मार्क्स, जाडोमा भोक, भ्रष्ट संवेदना, विकल्प यात्रालगायत कृति प्रकाशित छन्।
काठमाडौँ– लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ।
पराजुलीको ललितपुरस्थित बीएन्डबी अस्पतालमा मंगलबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
सघन उपचार कक्षमा उपचाररत पराजुलीलाई बिहान ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। काठमाडौँको तिनकुने निवासी पराजुली निमोनियाबाट पीडित थिए।
भारतको गोवामा रहेका उनका छोरा फर्किएपछि मंगलबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
लामो समय पत्रकारिता गरेका पराजुली कथाका लागि चर्चित थिए। उनको पराजुलीको कथासंग्रह ‘जन्तरमन्तर’ हालै मात्र प्रकाशनमा आएको थियो।
यस्तै, उनका अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चश्मा, अनायिका, सपनामा मार्क्स, जाडोमा भोक, भ्रष्ट संवेदना, विकल्प यात्रालगायत कृति प्रकाशित छन्।
५८ वर्षको उमेरमा निधन भएका पराजुलीका श्रीमती, एक छोरा र एक छोरी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
