बीपी साहित्य महोत्सवअन्तर्गत मंगलबारको कार्यक्रम स्थगित

मंगलबार स्थगित भएको कार्यक्रम कहिले गर्ने भनेर पछि मिति तोकिने कांग्रेसले जनाएको छ।

काठमाडौँ– नेपाली कांग्रेसले आयोजना गरिरहेको बीपी साहित्य महोत्सवअन्तर्गत मंगलबारको कार्यक्रम स्थगित गरिएको छ। 

नेकपा एमाले उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधन भएकाले कार्यक्रम स्थगित गरिएको कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।

स्थगित भएको कार्यक्रम कहिले गर्ने भनेर पछि मिति तोकिने पाण्डेले बताए ।

भदौ २४ गतेदेखि जारि महोत्सव सांगीतिक साँझसहित मंगलबार समापन गर्ने कार्यतालिका थियो।