आफू पहिलोपटक सांसद भएर संसद छिर्दाको पल स्मरण गर्दै थापाले अभिभावक गुमाएको महसुस भएको बताए।
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ एमालेको मात्रै नभएर सबै पार्टीको नेता भएको बताएका छन्। मंगलबार नेकपा एमालेको पार्टी कार्यालयमा पुगेर श्रद्धाञ्जली व्यक्त गर्दै उनले हरेक छलफल र वार्तामा नेम्वाङ हुँदा त्यसले मूर्तरूप पाउने गरेकाे सम्झिए।
"कुनै पनि छलफल, वार्ता र संवादमा सुवास नेम्वाङ हुनु भनेको टुङ्गिने बाटोतर्फ गएको छ भन्ने हामीलाई लाग्ने गर्दथ्यो," उनले भने, "एमाले मात्रै होइन, माओवादी, नेपाली कांग्रेस सबैले साझा नेताको रूपमा उहाँलाई सम्झिने गर्छ।"
यस्तै, महामन्त्री थापाले नेम्वाङको निधनले आफूले अभिभावक गुमाएको महसुस गरेको बताएका छन्। आफू पहिलोपटक सांसद भएर संसद छिर्दाको पल स्मरण गर्दै अभिभावक गुमाएको महसुस भएको बताए।
नेम्वाङको आँट र दृढ संकल्पले नै संविधान निर्माण कार्यले पूर्णता पाएको र यो संविधानमाथि गर्व गर्ने हरेकले नेम्वाङलाई बिर्सन नसक्ने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
