सरकारले नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदासमेत दिने निर्णय गरेको छ।
काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि आउँदो बिहीबार पशुपति आर्यघाटमा गरिने भएको छ।
मंगलबार बिहान निधन भएका नेम्वाङको शव श्रद्धाञ्जली अर्पणका लागि अहिले पार्टी कार्यालय च्यासलमा राखिएको छ। बुधबार दिउँसो १ बजेसम्म शव त्यहाँ राखिने पार्टी कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यसपछि संस्कारका लागि उनको शव बालुवाटारस्थित निवासमा लगिनेछ। त्यहाँ नेम्वाङका आफन्त, इष्टमित्र र परिवारका सदस्यहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गर्नेछन्। भदौ २८ गते बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटनमा अन्त्येष्टि गरिने पार्टी कार्यालयले जनाएको छ।
यस्तै, संविधान निर्माण प्रक्रियामा नेम्वाङले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदासमेत दिने निर्णय भएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
