त्रिपुरासुन्दरी नगरपालिकाको खदाङमा भेटिएको शव सेनानी पण्डितकै भएको नेपाली सेनाले पुष्टि गरेको प्रहरीले जनाएको छ।
काठमाडौँ– डोल्पाको नन्दबक्स गुल्मका गुल्मपति सेनानी विमल पण्डितको १६ दिनपछि शव भेटिएको छ। त्रिपुरासुन्दरी नगरपालिकाको खदाङमा भेटिएको शव सेनानी पण्डितकै भएको नेपाली सेनाले पुष्टि गरेको प्रहरीले जनाएको छ।
डोल्पाका प्रहरी प्रमुख डीएसपी शिव बुढाथोकीले हातमा लगाएको घडी र औँठीका आधारमा सेनाले शव सेनानी पण्डितकै भएको जानकारी दिएको उकालोलाई बताए। “नेपाली सेनाको हामीसँगै खोजीमा आएको टोलीले घडी र औँठीका आधारमा शव पण्डितकै भएको भनेको छ,”डीएसपी बुढाथोकीले भने,“हामीसँगै रहेका काका छोराले घडी र औँठीबाटै यकिन गर्न सकिन्न भन्नुभयो।”
अनुहार नचिनिने अवस्था भएकाले परिवारका सदस्यले यकिन गर्न नसकेको उनले जानकारी दिए। केहीबेरमा शव सदरमुकाम ल्याएपछि उहाँका बुवाले शवका बारेमा यकिन पुष्टि हुने उनले जानकारी दिए। “परिवारका अन्य सदस्यबाट पनि हामी यकिन गराउछौँ," उनले भने।
१६ दिनदेखि डोल्पाको नन्दबक्स गुल्मका सेनानी पण्डित बेपत्ता भएका थिए। सेनानी बेपत्ता भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोजी कार्यमा जुटेको थियो। उनी भदौ १० गते दिउँसोदेखि सम्पर्कविहीन भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
