पूर्वकप्तान ज्ञानेन्द्र मल्ल खेलाडी संघको उपाध्यक्षमा मनोनित

ज्ञानेन्द्रसहित ३ सदस्य पनि मनोनयन गरेसँगै संघकाे केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ।

काठमाडौँ– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ। 

खेलाडी संघले ज्ञानेन्द्रसहित ३ सदस्य पनि मनोनयन गरेको छ। बास्केटबलकी सदिना श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र भलिबलकी सरस्वती चौधरी सदस्यमा मनोनित भएका संघले जनाएको छ। मनोनयनसँगै खेलाडी संघको केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ।

याे पनि: ज्ञानेन्द्र मल्लले १८ वर्षपछि थन्काए ब्याट

यसअघि भदौ १९ गते सम्पन्न खेलाडी संघको साधारणसभा तथा निर्वाचनले दीपक श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको थियो। उपाध्यक्षमा तेक्वान्दाे खेलाडी आयशा शाक्य, ब्याडमिन्टनका दीपक थापा, महासचिवमा टेबलटेनिस खेलाडी शिवसुन्दर गोथे, सचिवमा करातेका मन्देकाजी श्रेष्ठ र कोषाध्यक्षमा उसुका आङबाबु लामा रहेका थिए। 

यस्तै, बास्केटबलका सदिश प्रधान, फुटबलका विकेश कुथु, बक्सिङका अजित गुरुङ, फेन्सिङका सन्जिव लामा, उसुकी जुनी राई, टेबलटेनिसका पुरुषोत्तम बज्राचार्य, भलिबलका मानबहादुर श्रेष्ठ, सुटिङकी फुलमाया क्याप्छाकी र जुडोका सन्जित डंगोल सदस्यमा चयन भएका थिए।